कैलाश गाउँपालिकाद्वारा ४५ करोड ९६ लाखको बजेट प्रस्तुत्
मकवानपुर । कैलाश गाउँपालिकाले आज सम्पन्न गाउँसभामा ४५ करोड ९६ लाखको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट अनुसार, पालिकाले २० करोड पुँजिगततर्फ (४५ प्रतिशत) र २५ करोड रुपैयाँ चालु तर्फ (५५ प्रतिशत) बजेट विनियोजन गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईँले दिएको जानकारी अनुसार, स्वास्थ्य, सडक तथा पूर्वाधार, कृषि पशु, शिक्षा र पर्यटन लगायतका क्षेत्रहरु प्राथमिकतामा छन् ।
