राक्सिराङ गाउँपालिकाले ल्यायो ५४ करोड ७३ लाखको बजेट
मकवानपुर / मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि कुल ५४ करोड ७३ लाख २० हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङले गाउँपालिकाको १० औं गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाले आगामी आर्थिक र्वाको लागि चालूतर्फ २८ करोड ८४ लाख रुपैयाँ अर्थात ५२.७० प्रतिशत र पूँजीगत २५ करोड ८८ लाख रुपैयाँ अर्थात ४७.३० प्रतिशत विनियोजन गरेको छ ।
राक्सिराङ गाउँपालिकाको आगामी आगामी आर्थिक वर्षको आषाढ मसान्तसम्ममा आन्तरिक राजश्व वृद्धि भई ४ करोड ८३ लाख रुपैयाँ संकलन हुने, चालू आर्थिक वर्षमा ३ करोड रुपैयाँ मौज्दात रहने, संघीय सरकारबाट ३९ करोड १८ लाख १३ हजार रुपैयाँ र प्रदेश सरकारबाट ७ करोड ७१ लाख ०७ हजार ८ सय ४३ रुपैंया वित्तीय हस्तान्तरण मार्फत प्राप्त हुने अनुमान गरिएको छ ।
