नेप्सेमा हरियाली छाँउदा यी कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट
२०७८ असार ८, मंगलवार १६:२३
काठमाडौं । गत मंगलबारदेखि निरन्तर ओरालो लागेको बजारमा एक सातापछि पुन स् हरियाली छाएको छ ।
आज मंगलबार २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर किनबेच हुँदा १० अर्ब भन्दा माथीको कारोबार भएको छ ।
नेप्से ७९ अंकले बृद्धि हुँदा नेपाल पुर्नर्बीमा कम्पनीको १ अर्ब ४९ करोड ३२ लाख ५३ हजार ७१२ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, एचआइडिसिएलको ३२ करोड रुपैयाँ, नेशनल हाइड्रोपावर कम्पनीको २६ करोड, नेपाल इन्फ्रास्ट्रक्चरको २० करोड र लुम्बिनी विकास बैंकको १८ करोड भन्दा माथिको कारोबार भएको छ ।




