हेटौंडा सामुदायिक आँखा अस्पताललाई मेसिन खरिद गर्न १० लाख हस्तान्तरण
मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पताललाई आँखा जाँच गर्ने मेसिन खरिदका लागि हेटौंडा उपमहानगरपालिकाले १० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।
आइतबार उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आँखा जाँच गर्ने मेसिन (स्लीपल्याण्ड) खरिद गर्नका लागि रु १० लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
उपमहानगरपालिकाले बार्षिक बजेटबाट अस्पताललाई सो रकम हस्तान्तरण गरिएको हो ।
अस्पतालमा मेसिन अभाव हुँदा बिरामी जाँच गर्न समस्या हुँदै आएको थियो ।
हेटौंडा उपमहानगरालिकाको उक्त सहयोग रकमले मेसिन खरिद गरी बिरामीहरुको आँखा परिक्षणलाई प्रभावकारी र सहज हुने हेटौंडा सामुदायिक आँखा अस्पतालले जनाएको छ ।
यस्तै, सहयोग रकम हस्तान्तरण गर्दै मेयर महतले आँखा अस्पतालमा बिरामीको चाँप बढेसंगै अस्पतालको सेवालाई गुणस्तरीय प्रभावकारी र सहज बनाउन स्थानीय सरकारको दायित्व ग्रहण गरी मेसिन खरिदका लागि उक्त रकम सहयोग गरिएको बताए ।
अस्पतालले मकवानपुरसहित प्रदेश नम्बर २ का विभिन्न जिल्ला र भारतबाट आँखाको जाँच गराउन बिरामी आउने गरेका छन् ।
