भीमफेदी–५ मा स्काउटद्वारा वृक्षारोपण

तु खबर संवाददाता
२०७८ असार ५, शनिबार १५:४७

मकवानपुर । नेपाल स्काउट भीमफेदीले भीमफेदी गाउँपालिका वडा नम्वर ५ स्थित श्री महालक्ष्मी माध्यमिक विद्यालयमा वृक्षारोपण गरेको छ ।

स्काउटको ७० औं स्थापना दिवसको अवसरमा प्री मन्सुन सुरु भएसँगै देश भरी देखिएको बाढी, पहिरो जस्ता बिपद्को न्युनिकरणको सन्देश दिने उद्देश्यले वृक्षारोपण गरेको स्काउट भीमफेदीको संयोजक आशिष अस्लामीले जानकारी दिए ।

स्थानीय स्काउट कार्यालय, भीमफेदीको आयोजनामा वडा नं. ५ को अध्यक्ष जहार सिं लामाले बिरुवा रोपी कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन् ।

वृक्षारोपण कार्यक्रम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जयबहादुर लम्साल, उक्त विद्यालय शिक्षकहरु नानिराम पुडासैनी, अर्जुन पुडासैनीलगायतको उपस्थितिमा भएको सदस्य भूपेन्द्र रानाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*