रोटरी क्लब मकवानपुरले खुवायो ४४४५ लाई निःशुल्क खाना

तु खबर संवाददाता
२०७८ असार २, बुधबार १५:५३
file-photo

मकवानपुर । रोटरी क्लब मकवानपुरले निषेधाज्ञाको समयमा हेटौँडामा ४ हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क खाना खुवाएको छ । क्लबले निषेधाज्ञाका कारण खाना खान समस्या भएका ज्यालामजदुरी गर्ने ४ हजार ४ सय ४५ जना व्यक्तिलाई निःशुल्क खाना खुवाएको क्लबका अध्यक्ष कविन सांगामीले जानकारी दिए ।

क्लबले गत जेठ १२ गतेबाट हेटौँडा–४ स्थित हुप्रचौरमा बिहानको खाना खुवाउने कार्यको थालनी गरेको छ । क्लबले २० दिनको अवधिमा ४ हजार ४ सय ४५ जनालाई निः शुल्क खाना खुवाएको हो ।

क्लबका अध्यक्ष सांगामीले भने, ‘निषेधाज्ञाका कारण खाना खानै समस्या भएको जानकारी पाएपछि पञ्चसिद्धि फाउण्डेसन हेटौंडा–११ को सहयोग तथा अन्य विभिन्न व्यक्ति एवम् संस्थाको सहयोगमा हामीले ती व्यक्तिहरुलाई निः शुल्क खाना खुवाएको हो ।’

साथै, क्लबले २० दिनको अवधिमा एक हजार ६ सय ४९ जनालाई निःशुल्क खाजा पनि खुवाएको छ । क्लबले हेटौंडा अस्पतालमा र असहायहरुका लागि घरमुखी सेवाको नाममा खाजा खुवाउँदै आएको थियो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा खुकिलो गर्दै व्यापार व्यवसाय संचालनमा समेत सहजता गर्ने निर्णय गरेसँगै निःशुल्क खाना र खाजा खुवाउने कार्यक्रम बन्द गरेको अध्यक्ष सांगामीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*