अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो
काठमाडौं । अमेरिकामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६ लाख १२ पुगेको छ ।
त्यस्तै, यहाँ झन्डै ३ करोड ३५ लाखलाई संक्रमण पुष्टि भएको छ ।
यद्यपी, पछिल्लो समय राष्ट्रपति जो बाइडेनले महामारीलाई केही हदसम्म नियन्त्रणमा राख्न सफल भएका छन् । तर, ४ जुलाईसम्म उमेर पुगेका ७० प्रतिशतलाई खोप लगाउने उनको योजना सफल होलाजस्तो देखिएको छैन ।
अमेरिकामा १७ करोड ७३ लाख जनसंख्या अर्थात् झन्डै ५२ प्रतिशत जनसंख्याले कम्तिमा खोपको एक डोज लिइसकेको छ ।
स्रोतः बीबीसी
