भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माणका लागि ७५ करोड बजेट

तु खबर संवाददाता
२०७८ असार १, मंगलवार १८:३७

हेटौंडा । बागमती प्रदेश सरकारले भीमफेदी कुलेखानी सुरुङमार्ग (पोष्टबहादुर बोगटी ) का लागि ७५ करोड रकम विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आज बजेट भाषणमार्फत् सो सुरुङमार्ग निर्माणका लागि बजेट व्यवस्था गरेको जानकारी दिएका हुन् ।

आगामी आर्थिक वर्षबाट निर्माणकार्य सुरु गरिने मन्त्री ढुंगेलले बताएका छन् । संघीय सरकारको सह लगानीमा सो सुरुङमार्ग निर्माण हुने प्रदेश सरकारको बजेटमा उल्लेख छ । त्यसैगरी बागमती प्रदेश सरकारले  पुष्पलाल चक्रपथ अन्तर्गतका सडकहरुलाई प्राथमिकतामा राखी प्रादेशिक सडक आयोजनाहरु कार्यान्वयन गर्न सरकारले १ अर्ब २९ करोड रकम विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*