दोलखा अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पताल बनाउने सरकारको घोषणा
मकवानपुर । बागमती प्रदेश सरकारले दोलखा जिल्लाको चरिकोटमा रहेको अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पतालको नाममा नामाकरण गर्ने घोषणा गरेको छ ।
मंगलबार बागमती प्रदेश, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारको आर्थिक वर्ष २०७९/०७९ को बजेट प्रस्तुत गर्दै सो कुराको घोषणा गरेका हुन् ।
त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको योजनामन्त्री ढुंगेलले जानकारी दिए ।
