एक विद्यालय एक नर्स कार्यक्रमलाई २६ करोड

तु खबर संवाददाता
२०७८ असार १, मंगलवार १७:०१

हेटौंडा । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारले लागू गरेको एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै २६ करोड रकम बिनियोजन गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै मन्त्री ढुंगेलले यस्तो घोषणा गरेका हुन् । एक विद्यालय एक नर्स कार्यक्रमलाई गत वर्ष पनि सरकारले संचालन गरेको थियो । स्थानीय स्तरमा यो कार्यक्रम निकै प्रभावकारी कार्यक्रमको रुपमा लिइएको छ ।

त्यसैगरी सरकारले बजेट मार्फत् मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमका लागि २२ करोड बिनियोजन गरेका छन् । चालु आर्थिक वर्षमा पनि संचालनमा रहेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम भने प्रभावहीन देखिएको कार्यक्रम हो । यो कार्यक्रम अहिलेकै अवस्थामा लागू गर्न नसकिने भन्दै सरोकारवाला निकायले पनि यसमा पुनरावलोकन हुने बताएको थियो । तर, मन्त्री ढुंगेलले यो कार्यक्रमलाई पनि आगामी आर्थिक वर्ष निरन्तरता दिने घोषणा गरेका
हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*