आर्थिक मामिला मन्त्री ढुंगेलद्वारा बजेट भाषण सुरु
हेटौंडा / आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् ।
बागमती प्रदेशसभामा मन्त्री ढुंगेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । कोभिड–१९ का कारण मानवीय क्षति भएको उल्लेख गर्दै उनले सबैप्रति हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेट महत्वपूर्ण हुने उल्लेख गर्दै उनले जनतालाई प्रत्यक्ष प्रभाव भौतीक विकास लगायतका क्षेत्रमा बजेट केन्द्रीत हुने उनले जानकारी दिएका छन् ।
