दोलखा अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पताल बनाइने मुख्यमन्त्रीको भनाई
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दोलखाको चरिकोटमा रहेको अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पलताको नाममा नामाकरण गर्न प्रदेश सरकारले आवश्यक काम गर्ने बताएका छन् ।
मुख्यमन्त्री पौडेलले शनिबार बसेको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा गत बिहिबार बागमती प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि भएको छलफलमा प्रदेशसभाका सदस्यहरुले उक्त प्रस्ताव पेश गरेका थिए ।
दोलखा अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पताल बनाउन प्रस्ताव गरेका थिए ।
