नेपालमा असोजभित्रै जनगणना गर्ने

काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले आगामी साउनदेखि असोज महिनाभित्र राष्ट्रिय जनगणना गर्ने मिति प्रस्ताव गरेको छ ।
विभागका निर्देशक ढुंण्डिराज लामिछानेका अनुसार, कोरोना माहामारीका कारण रोकिएको जनगणना साउनदेखि असोजभित्रै गर्ने मिति प्रस्ताव गरेको हो ।
त्यसका साथै जनगणना कार्यमा खटिने कर्मचारी (गणक, सुपरिवेक्षक र कर्मचारी) लाई कोरोना भाइरसविरुद्धको खोप अग्रिम लगाएर खटाउने भनेको छ ।
विभागले गत चैतमै सात वटै प्रदेशका ८७ वटा जनगणना कार्यालय स्थापना गरेको छ । उक्त जिल्ला जनगणना कार्यालय असारसम्म कायम रहने निर्णय गरेको विभागका निर्देशक लामिछानेले बताए ।