बागमती प्रदेशसभा बैठक भोलीसम्मका लागि स्थगित
मकवानपुर । प्रदेशसभाका सदस्य पशुपतिप्रसाद चौँलागाईको निधन प्रति शोक प्रस्ताव पारित गर्दै बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ ।
बागमती प्रदेशसभाको आज बसेको ८ औं अधिवेशन बैठकले प्रदेशसभाका सदस्य चौँलागाईको निधन प्रति शोक प्रस्ताव पारित गरेको हो ।
बैठकले दोलखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेशसभा सदस्य चौँलागाईको निधन प्रति गहिरो समवेदना व्यक्त गर्दै सर्वसहमतिले शोक प्रस्ताव पारित गरेको हो ।
सांसद् चाँैलागाईको गत बैशाख २८ गते कोरोना संक्रमणका कारण उपचारका क्रममा निधन भएको प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवार प्रति गहिरो समवेदना प्रकट गरको छ ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक जेठ १७ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका छन् ।
