बादललाई भोट नदिने सांसद्सँग एमालेले माग्यो स्पष्टिकरण

तु खबर संवाददाता
२०७८ जेष्ठ ८, शनिबार १४:३२
file-photo

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको बैठकले जेठ ६ गते सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको हित विपरित काम गरेको भन्दै माधव नेपाल समुहका बागमती प्रदेशसभा सदस्यहरुलाई स्पष्टिकरण मागेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको बोर्डको बैठकलले पार्टीको निर्णय विपरित नेकपा एमालेको उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको र पार्टीको निर्णय विपरित काम गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले उनीहरुलाई आइतबार साँझ ५ बजे भित्र स्पष्टिकरण पेश गर्न भनिएको छ ।

बैठकले बोर्डका सदस्यसमेत रहेका अष्टलक्ष्मी शाक्य, अरुण नेपाल, राजेन्द्र पाण्डे, रचना खड्का , कुशुम कार्की, मुनु सिग्देल, बसुन्धारा हुमागाई, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्त मानन्धर, शान्तिराम पौडेल, पार्वती शिलवाल र मिना ज्ञवालीलाई स्पष्टिकरण सोधेको हो ।

उक्त बैठकमा माधव नेपाल पक्षका ४ जना बोर्डका सदस्यहरु भने उपस्थित भएका थिएनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*