मकवानपुरमा निषेधाज्ञा उल्लङ्घन गर्ने ९० वटा सवारीसाधन प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०७८ बैशाख २६, आईतवार १८:५४

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले निषेधाज्ञा उल्लङ्घन गर्ने ९० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी नायव उपरीक्षक जयश्वर रिमालसमेत चेकिङ टोलिले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट निर्णय भएको निषेधाज्ञा उल्लङ्घन गर्ने विभिन्न थरीका ९० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार, निषेधाज्ञा उल्लङ्घन गर्ने मोटसाईकल र स्कुटर गरी ५६ वटा, अटो १० वटा, ट्रक १५ वटा, कार २ वटा र बस ७ वटा गरी जम्मा ९० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै, अटेर गरी पसल संचालन गर्ने २ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार, नियन्त्रणमा रहेको ती सवारीसाधन र व्यक्तिहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यरक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाईएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*