दुर्घटनामा हेटौँडाकी मोक्तान घाइते

तु खबर संवाददाता
२०७८ बैशाख २६, आईतवार १५:४५

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित राप्तीपुल नजिकै आज बिहान ट्रकको ठक्करबाट एक जना घाइते भएका छन् ।

घाइते हुनेमा हेटौंडा–११ थानाभर्याङकी ४८ वर्षीया ठूलीमाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको प्रदेश नं. ३–००१ ख ०१२४ नम्बरको ट्रकले ठक्कर दिँदा उनी घाइते भएकी हुन् ।

मकवानपुर प्रहरीका अनुसार, घाइते उनको टाउकोमा चोट गरेको छ । उनको चुरेहिल अस्पतालमा उपचारपश्चात थप उपचारको लागि भरतपुर पठाइएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई उक्त दुर्घघटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*