मकवानपुरमा थपिए ११४ जना कोरोना संक्रमित

तु खबर संवाददाता
२०७८ बैशाख २४, शुक्रबार १६:४५
file-photo

मकवानपुर । मकवानपुरमा १ सय १४ जना कोरोनाका संक्रमित थपिएका छन् । कूल १७४ जनाको स्वाब परीक्षण गर्दा ५३ जना महिला र ६१ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौँलागाईले जानकारी दिएका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका वडा नम्वर ४ का २८ जना रहेका छन् ।

त्यस्तै वडा नम्वर १ का ५ जना, वडा नम्वर २ का १३ जना, वडा नम्वर ५ को १५ जना, वडा नम्वर ६ को ३ जना, वडा नम्वर ७ को १ जना, वडा नम्वर ८ को ७ जना, वडा नम्वर ९ को १८ जना, वडा नम्वर १० को १० जना, वडा नम्वर ११ को ५ जना, क्रमश वडा नम्वर १२,१३,१४,१५ को १÷१ जना र २ जना वडा नखुलेका रहेका छन् ।

त्यस्तै थाहा नगरपालिकाका २ जना र जिल्ला बाहिरको १ जनामा संक्रमण पुष्टि भएको हा ।

पछिल्लो २४ घण्टामा मकवानपुरमा कोरोना संक्रमण दर ६५ प्रतिशत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*