वाइसियल मनहरीको अध्यक्षमा रुम्बा

तु खबर संवाददाता
२०७८ बैशाख १२, आईतवार ०९:१८

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसियल) नेपाल मनहरी गाउँ कमिटी को गठन गरेको छ ।

शनिबार मनहरीको भेला तथा शिक्षण कार्यक्रममा कृष्ण रुम्बाको संयोजकत्वमा २७ कमिटी गठन गरेको हो ।

भेलाले उपध्यक्षमा विरेन्द्र गोपाली, ऋषी बर्ताैला, सचिव सुजन लामा, सहासचिव प्रमिला परियार, कोषध्यक्ष शान्ति थिङ र अन्य सदस्यहरु रहेको नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य तथा मनहरीका इन्चार्ज राजकुमार पाख्रिनले जानकारी दिए ।

वाइसियल मनहरीको अध्यक्ष दिपेन्द्र अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वाईसियल केन्द्रीय सचिव दिवस पाण्डेको प्रमुख र नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ओम ग्लानको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य वीरबहादुर घलान (ज्वाला), नेकपा माओवादी केन्द मनहरी गाउँपालिका अध्यक्ष राम प्रसाद कलाखेती, नेकपा माओवादी केन्द मनहरी गाउँपालिका इन्चार्ज राजकुमार पाख्रिन, मकवानपुर जिल्ला सदस्य आनन्द घलान, नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका सहइन्चार्ज हिरालाल स्याङतान र पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*