श्रमजीवीहरुको हितमा कार्य गर्ने संगठन नै वाइसियल होः प्रकाश पाण्डे

तु खबर संवाददाता
२०७८ बैशाख ११, शनिबार १७:०१

मकवानपुर । योङ कम्युनिष्ट लिग नेपालका केन्द्रिय सचिव तथा नेकपा माओबादी केन्द्र बागमती प्रदेश सदस्य प्रकाश पाण्डेले श्रमजीवीहरुको हितमा कार्य गर्ने संगठन नै वाइसियल भएको बताएका छन् ।

शनिबार थाहा नगरको विकास घरमा सम्पन्न थाहा नगर भेलालाई सम्बोधन गर्दै पाण्डेले सो कुरा बताएका हुन् ।

उनले युवाहरुलाई ऐलेको बैज्ञानिक, प्राविधिक रुपमा अगाडि बढ्न अनुरोध गरे ।

उक्त भेलाले मानसिं दोङको अध्यक्षतामा ४१ सदस्यीय योङ कम्युनिष्ट लिग नेपाल थाहा नगर कमिटिको चयन गरेको छ ।

कमिटिको उपाध्यक्षमा उत्तम थापा, दिवाकर गोपाली, संग्राम बिष्ट, सचिवमा युवराज बिष्ट, कोषाध्यक्षमा देवकी तामाङ, सहसचिवमा कृष्ण मान लो, राजीब बिक्रम खड्का र सदस्यमा सुबिन्द्र गोपाली, युवराज थिङ, रबि कार्की, अरुण मोक्तान, पुर्ण थिङ, कुमार रायमाझी, मनिष अधिकारी लगायत चयन भएका छन् ।

भेलामा नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट, सह–इन्चार्ज जयराम रायमाझी, इन्द्रसरोवर इन्चार्ज बिनायक गोले, जिल्ला सदस्य बिनोद कुमार लामा, थाहा नगर अध्यक्ष अरुण रायमाझी, वाइसियल बागमती प्रदेश सदस्य दिपेन्द्र कुमार थिङ, मकवानपुर अध्यक्ष राजकुमार मोक्तान, एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगर अध्यक्ष मनोज रायमाझी लगायतको अतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*