हेटौँडा फुटबल एकेडेमीलाई ४० हजार रुपैयाँ सहयोग
मकवानपुर । पुरुष तथा महिला फुटबल खेलाडीलाई प्रशिक्षण दिदै आएको हेटौंडा फुटबल एकेडेमीलाई ४० हजार रुपैयाँ नगद सहयोग प्राप्त भएको छ।
फुटबल खेलको दक्ष खेलाडी बनाउने उद्देश्यले एकेडेमीले इच्छुक महिला तथा पुरुषलाई ग्रासरुट लेभलदेखि नै प्रशिक्षण प्रदान गर्दै आइरहेको छ ।
एकेडेमीलाई अष्ट्रेलियाबाट उक्त रकम सहयोग प्राप्त भएको एकेडेमीका अध्यक्ष तथा प्रशिक्षकभीम लामाले जानकारी दिए ।
हेटौंडा–४ निवासी निराजन श्रेष्ठको पहलमा अष्ट्रेलियाको सिड्नीमा रहेको सगर माथा फुटबल क्लबले सो रकम सहयोग प्रदान गरेको प्रशिक्षक लामाले बताए
।
यस्तै, हेटौंडा–४ निवासी रवि नकर्मीले पनि एकेडेमीलाई ५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गर्नुभएको छ । व्यवसायीसमेत रहेकाले बिहीबार आफ्नो जन्मदिनको अवसरमा खेलकुद सामग्री प्रदान गरेका थिए ।
