हेटौंडाका विद्यालयमा वैशाख ९ गतेबाटै परीक्षा सञ्चालन हुने, कक्षा ८ को १९ गतेदेखि ( हेर्नुहोस, सूचना )

तु खबर संवाददाता
२०७८ बैशाख ७, मंगलवार १३:३४

हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालयहरुमा आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा वैशाख १९ गतेबाट हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाले एक सूचना जारी गर्दै कक्षा ८ को परीक्षा १९ गतेबाट संचालन गरिने जानकारी दिएको हो ।

जारी गरिएको सूचना अनुसार, अन्य कक्षाको परीक्षा भने यही वैशाख ९ गतेबाट संचालन गरिने उल्लेख छ ।

केन्द्रीय सरकारको निर्णय अनुसार कोरोना भाइरसबाट बच्ने गरी सम्पूर्ण स्वास्थ्य सम्बन्धी मापदंड अनपाएर परीक्षा गरिने उपमहानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । यसैबीच, हिजो (सोमबार) मात्र नेपाल शिक्षक महासंघले वैशाखको दोस्रो हप्ताबाटै परीक्षा संचालनको व्यवस्था मिलाउन हेटौंडा उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको थियो ।

नगर प्रमुख हरिबोल महतलाई भेटेर नेपाल शिक्षक महासंघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक परिषद्, इष्टु हेटौंडा उपमहानगरपालिका, प्याब्सन हेटौंडा उपमहानगरपालिका, सस्थागत विद्यालय अभिभावक संघ र राष्ट्रिय अभिभावक संघका अध्यक्ष तथा प्रतिनिधिहरुको टोलीले परीक्षा छिट्टै संचालन गर्न ध्यानाकर्षण गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*