विभिन्न मागसहित मकवानपुर क्याम्पस प्रशासनलाई ध्यानाकर्षण पत्र

तु खबर संवाददाता
२०७८ बैशाख ३, शुक्रबार १०:२०

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्रण विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पसले शुल्क वृद्धि सम्बन्धि क्याम्पसले गरेको निर्णय तत्काल फिर्ता गर्नुका साथै अन्य मागहरुसहित क्याम्पस प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

विद्यार्थी र अभिभावकको मर्कामा पर्ने गरी क्याम्पसले लकडाउनको समयमा पनि अनलाइन क्लास (कक्षा) सञ्चालन गरेको नाममा एक महिना पनि विद्यार्थीलाई छुट नदिइकन मासिक शुल्क लिएको र हालै ं२ तथा ब्याचलर प्रथम वर्षदेखि लागु हुने गरी भर्ना र मासिक शुल्क वृद्धि गराएको विषय प्रति संगठनले घोर आपत्ति जनाएको छ।

यही विषयलाई मध्यनजर गर्दै निःशुल्क पढ्न पाउने विद्यार्थीहरूको हक, हित र अधिकारको सुनिश्चितताको लागि विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले क्यम्पस प्रशासनमा ध्यानाकर्षण पत्र बुझाएको हो।

साथै लाइब्रेरीमा पर्याप्त पुस्तकको व्यवस्था गर्न, शुद्ध खानेपानी व्यवस्थापन गर्न, शौचालय तथा क्याम्पस परिसर सरसफाइमा ध्यान पुर्याउन र क्याम्पस परिसरभित्र देखिएका विकृति, विसंगतिको समयमै नियन्त्रण गर्न समेत संगठनले माग गरेको छ।

सुर्य बहादुर गोलेको संयोजकत्वमा बुझाएको उक्त पत्र सुबास तामाङले वाचन गरी सहायक क्याम्पस प्रमुखलाई हस्तान्तरण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*