हेटौँडाकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पासवान पक्राउ

तु खबर संवाददाता
२०७८ बैशाख २, बिहीबार १२:१८

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर–६ निवासी एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २१ बर्षका विशाल पासवानलाई पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका वडा नम्वर घर भई हाल हेटौँडा उपमहानगरपालिका वडा नम्वर ६ मा डेरा लिएर बसोबास गर्दै आएका पासवानले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले तु खबरलाई जानकारी दिए ।

पासवानले हिजो बुधबार राति करिब १०ः३० बजेको समयमा हेटौंडा–६ पुतलीबजार नजिकैको खहरे खोलामा लगरे बालिकालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पासवानलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*