पत्रकार महासंघको उपचार कोषमा मउवा संघको ७५ हजार सहयोग
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको उपचार कोषको लागि रु ७५ हजार रकमको चेक हस्तान्तरण गरेको छ ।
संघले सोमबार पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
उक्त रकमको चेक मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष मणिराज गौतमलाई हस्तान्तरण गरेका हुन् ।
साथै कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गौतमसहित, कार्य समिति पदाधिकारी, केन्द्रीय तथा प्रदेश परिषद सदस्यलाई टिका र खादा लगाएर स्वागत गरेको थियो।
