मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार टिकाउनुपर्छ – पूर्वमन्त्री नेपाल
मकवानपुुर । नेकपा एमाले (नेपाल–खनाल) पक्षका नेता एवम् बागमती प्रदेशका पूर्व उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविस्वासको प्रस्तावमाथि पुनरावलोकन गर्ने विषयमा पार्टीमा छलफल भइरहेको बताएका छन् ।
तु खबरसँग कुरकानी गर्दै पूर्वमन्त्री नेपालले तत्कालिन नेकपाका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री पौडेलविरुद्ध पुस १० गते अविस्वासको प्रस्ताव दर्ता गरेको भएपनि सर्वोच्च अदालतको फैसलाबाट नेकपा विघटन भएकोले नेकपा एमालेलाई एकताबद्ध बनाउन वर्तमान सरकार टिकाइराख्नुपर्ने बाध्यता रहेको बताए ।
संसदमा टेबुल भएको अविश्वासको प्रस्तावमाथि भएको छलफलको क्रममा वर्तमान मुख्यमन्त्री पौडेललाई विश्वासको मत दिने र सरकार परिवर्तनका विषयमा दोस्रो चरणमा पार्टीभित्र आन्तरिक छलफलबाट विवाद टुङग्याइने उनले बताए ।
उनले तत्काल सरकार परिवर्तन गर्नुपर्ने आवश्यकता नरहेकोले पार्टी संगठनभित्र छलफल गरी एमालेकै नेतृत्वमा सरकार टिकाइराख्ने धारणा व्यक्त गरे ।
