हेटौँडामा जारी गोल्डकपः विजेता र उपविजेतालाई मुख्यमन्त्री पौडेले पुरस्कार वितरण गर्ने

तु खबर संवाददाता
२०७७ चैत्र ६, शुक्रबार १७:२५

मकवानपुर । हेटौँडामा जारी स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकपको शनिबार हुने फाइनल खेलको विजेता र उपविजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुरस्कार वितरण गर्ने भएका छन् ।

शुक्रबार प्रतियोगिता आयोजनास्थल हेटौँडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा आयोजित फाइनल खेलको प्रिम्याच कम्फ्रेन्समा आयोजक समितिका संयोजक प्रताप विष्टले सो कुराको जानकारी दिएका हुन् ।

प्रतियोगिताको फाइनलमा जिल्ला फुटबल संघ मकवानपुरको टिम रिगल हेटौंँडा रिसोर्ट मकवानपुर–११ र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्प्रधा हुनेछ ।

प्रतियोगितामा घरेलु टोली फाइनलमा पुगे पनि मकवानपुरका दर्शकले खेलका आधारमा जुनसुकै टिमलाई समर्थन गर्ने उल्लेख गर्नुहुँदै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले दुबै टिमलाई शुभकामना व्यक्त गरे ।

त्यस्तै, प्रिम्याच कन्फ्रेन्समा आयोजक टिम मकवानपुर–११ का प्रशिक्षक विजयलाल श्रेष्ठले आफ्नो टिम जित्नका लागि खेल्ने बताए ।

मकवानपुर–११ का व्यवस्थापक युवराज लामाले सेमीफाइनलमा लिग विजेता टोलीलाई हराएको उत्साहले टिममा उर्जा थपिएको बताए ।

यसैगरी, त्रिभुवन आर्मी फुटबल क्लबका व्यवस्थापन चुनबहादुर थापाले प्रतियोगिताको तयारीमा रहेको टिमका लागि विदेशी टोलीसहित राष्ट्रिय टिमका सदस्य रहेको मकवानपुर–११ सँगको फाइनल खेल महत्वपूर्ण हुने बताए ।

उक्त प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद १० लाख रुपैयाँ र ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै उत्कृष्ट खेलाडीले रोयल इनफिल्ड वाइक प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीले नगद जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*