स्थापना दिवसको अवसरमा खेलकुद सामाग्री हस्तान्तरण

तु खबर संवाददाता
२०७७ फाल्गुन २७, बिहीबार १५:०५

मकवानपुर । बस्तीपुर जेसीज हाँडीखोलाले आफ्नौ स्थापना दिवसको अवसरमा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । जेसीज बस्तिपुरले आफ्नो ११ औं स्थापना दिवसको अवसरमा स्थानीय युवा क्लबहरुलाई क्रिकेट, भलिबल र फुटबलका खेल सामाग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रम बस्तिपुर जेसीज हाँडीखोलाका अध्यक्ष राजेश भेटवालको अध्यक्षता तथा जेसीजका पूर्वध्यक्ष दिपेन्द्रकुमार बर्तौलाको प्रमुख आतिथ्यतामा भएको हो ।

जेसीज सदस्य राम गिरीको संयोजकत्वमा भएको कार्यक्रममा बस्तिपुर जेसीजका निवर्तमान अध्यक्ष जयराम सुबेदी, अध्यक्ष सल्लाहकार विदुर विक्रम थापा, बोर्ड सल्लाहकार सुवासचन्द्र कँडेललगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा महासचिव प्रेम गोङ्बाले सहजीकरण गरेको कार्यक्रममा जेसीज कार्यकारिणी उपाध्यक्ष तेजप्रसाद उप्रेती ‘रमेश’, आकाश पाठक, उपाध्यक्ष रामचन्द्र बर्तौला, ठहर नेपाल, कोषाध्यक्ष शिवराज उप्रेती, कानूनी सल्लाहकार प्रदिप अधिकारी, प्रकरण निर्देशक श्रीराम खड्का, शाखा सम्पादक सञ्जोग उप्रेती, २०२० का महासचिव अमृत पाठक, २०१९ का कोषाध्यक्ष सन्तोष उप्रैती, नेपाली कांग्रेस हेटौंडा–१९ सभापति, २०२१ का बोर्ड सल्लाहकार धनबहादुर गुरुङलगायत भलिबल, क्रिकेट र फुटबल खेलाडी युवाहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*