सुनको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ ।
मंगलबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बुधबार चाँदीको भाउ पनि बढेको छ । मंगलबार तोलामा १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
