खाने तेलको भाउ बढ्यो
काठमाडौं । यो साता बजारमा खाने तेलको भाउ बढेको छ । दुई साताअघि घटेको सोयाबिनको तेलको भाउ प्रतिलिटरमा पुनः १५ रुपैयाँसम्मले बढेको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ ।
प्रतिलिटर होलसेल २ सय रुपैयाँमा झरेको सोयबिनको तेलको भाउ पुनः २१५ रुपैयाँ पुगेको संघले जनाएको छ । तेलबाहेक अन्य खाद्यान्नको भाउ स्थिर रहेको संघका सदस्य ध्रुब अधिकारीले बताए ।
