नगरकप खेलाडीलाई वडाद्वारा खेलकुद सामाग्री

तु खबर संवाददाता
२०७७ फाल्गुन १३, बिहीबार १७:५८

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ कार्यालयले नगरकप फुटबल तथा भलिबल खेल्ने खेलाडीहरुलाई खेलकुद सामाग्री प्रदान गरेको छ ।

हेटौंडामा फागुन १४ गतेबाट सुरु हुने मेयरकप वडास्तरीय फुटबल प्रतियोगिता र १९ गतेबाट सुरु हुने उपमेयरकप भलिबल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई बिहिबार एक कार्यक्रमबीच खेलकुद सामाग्री प्रदान गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले कार्यक्रमको सम्बोधन गर्दै खेलाडीहरुलाई प्रतियोगिताको लागि आवश्यक जर्सी, ट्र्याक, जुराफ र बुट प्रदान गरेका हुन् । उनले वडाको विकाससँगै खेलकुदको विकासमा पनि वडा उत्तिकै जिम्मेवार रहेको जानकारी दिए ।

उनले स्थानीय स्तरमा हुने प्रतियोगिताले खेलाडीलाई अगाडी बढ्न हौसला मिलेको समेत बताए ।

प्रतियोगिताको लागि वडाले राष्ट्रिय स्तरमा हुने ‘ए’ डिभिजन फुटबल खेलिरहेका यसै वडाका खेलाडी अमिर श्रेष्ठको कप्तानीमा पुरुष फुटबल टिम र आयुषा सिंहको कप्तानीमा महिला भलिबल टिम तयार पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*