बेलायतमा थप ५४८ संक्रमितको मृत्यु

तु खबर संवाददाता
२०७७ फाल्गुन १२, बुधबार १०:०७
filr-photo

लण्डन । पछिल्लो २४ घन्टामा बेलायतमा ५ सय ४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्ला केही दिनयता पाँच सय भन्दा कम मृतक संख्या रहेपनि मंगलबार भने मृतक संख्या पाँच सय नाघेको छ ।

यससँगै बेलायतमा कुल मृतक संख्या एक लाख २१ हजार ३ सय ५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ३४ हजार ६३९ पुगेको छ ।

अस्पतालमा उपचार गराउनेको संख्यामा पनि निरन्तर कमी आउदै गएको छ । हाल बेलायतका उपचार गरिरहेका कोरोना संक्रमितको संख्या १६ हजार ७९७ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि दुई हजार २७३ पुगेको छ ।

बेलायतमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएयता एक करोड ७९ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । –एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*