विज्ञहरूलाई सूची दर्ता गर्न चिकित्सा शिक्षा आयोगको आह्वान
काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम बनाउन विज्ञहरुलाई विज्ञ सूची दर्ताका गर्न आग्रह गरेको छ ।
नेशनल बोर्ड मेडिकल स्पेसियालिटिज अन्तर्गत सञ्चालन हुने स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका शैक्षिक कार्यक्रमहरूको पाठ्यक्रम बनाउनका लागि विज्ञहरूलाई विज्ञ सूचीमा आबद्ध हुनका लागि आयोगले सूचना जारी गरेर आह्वान गरेको हो ।
यस्तै, विज्ञहरूलाई फागुन २१ गतेभित्र निवेदन पेश गर्न आग्रह गरिएको छ ।
आयोगले आफ्नो योग्यता खुल्ने कागजात सहित इमेल मार्फत निवेदन पेश गर्न उपसचिव महेश्वर शर्माद्वारा जारी गरिएको सूचनामार्फत आह्वान गरिएको हो ।
