भ्रमण भिसामा यूएई नजान आग्रह

पत्रपत्रिका
२०७७ फाल्गुन १, शनिबार ०८:४२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको नेपाली दूतावासले भ्रमण भिसामा रोजगारीका लागि यूएई नजान आग्रह गरेको छ ।

पछिल्लो समय नेपाली यूएई भ्रमण भिसामा आएर रोजगारी खोज्ने र नपाएर समस्यामा परेपछि गुनासो गर्ने क्रम बढेपछि नेपाली दूतावासले भ्रमण भिसामा नजान आग्रह गरेको हो ।

दूतावासका अनुसार श्रमस्वीकृति लिएपछि मात्रै विदेशमा रोजगारी गर्न पाइने व्यवस्था भए पनि भ्रमण भिसामा आउने क्रम रोकिएको छैनध्र भ्रमण भिसामा आउने क्रममा विभिन्न किसिमका ठगीमा पर्ने यहाँ आइसकेपछि, अलपत्र छोडिदिने वा सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकमा लैजाने तथा मानव तस्करको सवालमा समेत पर्न सक्ने जाखिम रहेको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा कामका लागि आउने भए श्रमस्वीकृति लिएर सरकारी प्रक्रियाबाट आउन र कसैको प्रलोभनमा परेर रोजगारीका लागि भ्रमण भिसामा नआउनु भनेको छ ।

स्वीकृति नदिई आउँदा समस्यामा परे वा मृत्यु नै भए पनि मानवीयताका नाताले सामान्य सहानुभूतिबाहेक अन्य नीतिगत रूपमा केही गर्न नसकिने स्पष्ट पारेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*