एक्सपर्ट एजुकेशनद्वारा ट्राफिकलाई सचेतना सामग्री हस्तान्तरण

तु खबर संवाददाता
२०७७ माघ २५, आईतवार १५:४९

हेटौंडा । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ३ लाख बराबरको दूर्घटना सचेतना सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । आज आइतबार ट्राफिक कार्यालय हेटौंडामा सर्भिसेज् का निर्देशक डिल्लीराम अधिकारीले ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेलाई दूर्घटना सचेतना सम्बन्धी सामग्री हस्तान्तरण गरेका हुन् ।

बागमती प्रदेशको राजधानी हेटौंडा तथा आसपासका क्षेत्रमा अत्यधीक दूर्घटना हुने भएकाले यसको रोकथाम र नियन्त्रणका लागि सचेतना सामग्री हस्तान्तरण गरिएको एक्सपर्टका निर्देशक अधिकारीले जानकारी दिए ।

यसअघि पनि एक्सपर्टले सामाजिक क्षेत्रमा विभिन्न किसिमले सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*