फागुनमा संसद पुनर्स्थापना हुने भट्टराईको दाबी

तु खबर संवाददाता
२०७७ माघ १३, मंगलवार १७:२४
file-photo

काठमाडौं । प्रचण्ड–नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले फागुनमा प्रतिनिधिसभा पुनर्स्थापना हुने दाबी गरेका छन् ।

मंगलबार ताप्लेजुङमा आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले सो कुराको दाबी गरेका हुन् ।

‘संसद पुनर्स्थापना गर्नुको अर्को विकल्प छैन,’ उनले भने,‘ न्यायालयले संविधानलाई टेकेर नै फैसला गर्नेछ । फागुनमा संसद पुनर्स्थापना हुन्छ ।’

उनले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधानलाई बचाउने अभियानमा साथ दिन कांग्रेसलाई पनि आग्रह गरे । भट्टराईले अल्पमतको प्रतिपक्ष र बहुमत शासन सरकारमा मात्रै नभएर पार्टीभित्र पनि लागू हुने बताए ।

भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम प्रतिगामी भएको बताउँदै ओलीले संसद विघटन गरेर संविधान, प्रतिनिधिसभा र तीन करोड नेपाली जनतामाथि धोका दिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*