मकवानपुरगढीको तीन वटा वडालाई बालमैत्री घोषणाको तयारी, समिति गठन
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका तीन वटा वडालाई बालमैत्री वडा घोषणाका लागि आवश्यक तयारी तीब्र पारिएको छ ।
गाउँपालिकाले यही २०७७ को चैतसम्म ३, ५ र ६ नम्बर वडालाई बालमैत्री वडा घोषणाका लागि आवश्यक तयारी तीब्र पारिएको जनाएको छ । त्यसको वडा अध्यक्षको अध्यक्षता तथा वडा कार्यालयका सचिव सदस्य सचिव रहेको समिती गठन गरी बालमैत्री घोषणाका लागि आवश्यक योजना निर्माण तथा कार्यान्वयनको काम अघि बढाइएको छ ।
मकवानपुरगढीको वडा नम्बर ३ मा अध्यक्ष भागवत घिमीरेको अध्यक्षतामा गठित बालमैत्री स्थानीय शासन समितिका सदस्य सचिवमा वडा कार्यालयका सचिव सोनु खड्का रहेका छन् ।
समिति सदस्यमा कार्यपालिका सदस्य मन्जु योन्जन, वडा सदस्य सरिता सापकोटा, बाल संरक्षण समितिका देवी दुइटेल, टोल विकास संस्थाका तर्फबाट प्रेमप्रसाद दहाल, लक्ष्मी फुयाल, विद्यालयका तर्फबाट विष्णुबहादुर खड्का, बालक्लवका तर्फबाट अप्सरा लम्साल, सुशान्त दहाल, प्रहरीबाट जंगबहादुर मोक्तान रहेका छन् ।
यस्तै, वडा नम्बर ५ मा अध्यक्ष जीतबहादुर घिमीरेको अध्यक्षतामा गठित समिति सचिवमा वडा कार्यालयका सचिव हरिप्रसाद धिताल रहेका छन् । समिति सदस्यहरुमा वडा सदस्य उषा परियार, सुकराम थिङ, बाल संरक्षण समितिका रमा नगरकोटी, टोल विकासका अर्जुन रुम्बा, गोमा फुयाल, विद्यालयका राजुप्रसाद सन्जेल, बालक्लवका करुणा दंगाल, कृतज्ञ हुमागाईं, बालबालिका क्षेत्रमा क्रियाशील सामाजिक संस्थाका शारदा चौलागाईं, आमभन्ज्याङ स्वास्थ्यचौकीका अहेव इन्दिरा कोइराला, महिला स्वयम् सेविका मन्दिरा केसी, प्रहरी हवल्दार छोटेलाल शाह कानू रहेका छन् ।
यस्तै, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा अध्यक्ष टीकाप्रसाद दाहालको अध्यक्षतामा गठित समिति सदस्य सचिव वडा कार्यालयका सचिव सागर लामा रहेका छन् । समिति सदस्यहरुमा केशव न्यौपाने, रणकुमारी परियार, बद्रीप्रसाद दहाल, सुन्तलीमाया पाख्रीन, सुनील गौतम, मनकाजी घलान, अशोक स्याङ्तान, अनिश दाहाल, मन्जु गौतम, सुशीला फुयाल, वीरेन्द्र यादव लगायत रहेका छन् ।
वडास्तरीय बालमैत्री स्थानीय शासन समिति गठन तथा अन्तरक्रिया कार्यक्रममा पालिकास्तरीय बालअधिकार समितिका सदस्य शिव चौलागाईं, गाउँपालिकाका महिला तथा बालबालिकाका शाखाका प्रमुख मन्दिरा थापा, पालिकाका रोजगार संयोजक कविराज हुमागाईं, रामप्रसाद दहाल, बालमैत्री सहजकर्ता एलिना देवकोटाको सहजीकरण रहेको थियो ।
कार्यक्रममा वडाका निर्वाचित वडा सदस्य, वडास्तरिय बालसंरक्षण समितिका प्रतिनिधी, महिला स्वयम्सेविका, स्वास्थ्य संस्थाका प्रतिनिधी, प्रहरी, टोल विकासका प्रतिनिधी, बालक्लवका प्रतिनिधि, वडामा क्रियाशील सामाजिक संस्थाका प्रतिनिधिको सहभागिता थियो ।



