आज सुनको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार, आज बिहिबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको हो ।
भाउ बढेसँगै आज छापावाला सुन प्रतितोला रु ९४ हजार १०० रुपैयाँमा कारोवार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै, आज तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको थियो ।
यसैगरी, आज चाँदी प्रतितोला रु एक हजार २८० मा कारोवार भएको छ । बुधबार प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको चाँदी बिहिबार १५ रुपैयाँले बढेर एक हजार २८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
