प्रतितोला रु ९०० ले घट्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले घटेको छ । भाउ घटेसँगै आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुनसमेत प्रतितोला रु ९०० ले घटेको छ । बुधबार प्रतितोला रु ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९२ हजार ५० मा कारोवार भइरहेको सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला रु एक हजार २०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
