मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठलाई
काठमाडौं । मिस नेपाल २०२० को ताज नम्रता श्रेष्ठले जितेकी छन् । हिडेन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा २१ जनालाई पछिपार्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठ मिन नेपाल २०२० भएकी हुन् ।
मिस नेपाल श्रेष्ठले उपाधिसहित नगद दुई लाख ५० हजार र कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छन् ।
यसैगरी मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनेछिन् ।
प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले जितेका छन् ।
