बुधबार सुनको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?
नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला रु ९१ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ५०० मा कारोवार भएको थियो ।
त्यस्तै, आज तेजावी सुनको भाउ प्रतितोला रु ९० हजार ५५० मा कारोवार भएको छ । यसअघि मंगलबार तेजावी सुन प्रतितोला रु ९० हजार ५० मा कारोबार भएको थियो ।
यस्तै, चाँदी आज प्रतितोला रु एक हजार १८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला रु एक हजार १५५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी प्रतितोला रु ३० ले वृद्धि भएको छ ।
