राप्रपाले हेटौंडामा राजासहित हिन्दुराष्ट्रको पक्षमा बृहत र्याली गर्ने
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको स्थायी राजधानी हेटौंडामा राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको लागि बृहत मोटरसाईकल तथा कार र्याली गर्ने भएको छ ।
राप्रपाले यही मंसिर १९ गते प्रदेशको स्थायी राजधानी हेटौंडामा मोटरसाइकल र्याली गर्ने भएको हो । राप्रपाका अध्यक्ष कमल थापा र केन्दीय सचिवालय सदस्य राजाराम बर्तौले आ–आफ्नो सामाजिक संजालमार्फ सो कुराको जानकाी गराएका हुन् ।
राजासहितको मोटरसाइकल र्याली कार्यक्रम राप्रपा मकवानपुरको आयोजनामा हुने भएको हो ।
पछिल्लो समय राजावादी समूहहरुले देशको विभिन्न स्थानहरुमा राजासहितको हिन्दुराष्ट्रको लागि र्यालीहरु गरिरहेका छन् । यसअघि हेटौंडामा पनि नेशनल डेमोक्रेसी अलाइन्स (एनडीए) ले राजसंस्था र हिन्दु राष्टको माग गर्दै मोटरसाइकल तथा साना सवारीसाधन र्याली गरेको थियो ।
