फेसबुक एकाउन्ट ह्याक गर्ने २ जना प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०७७ मंसिर १६, मंगलवार १०:०९

बारा । फेसबुक एकाउन्ट ह्याक गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सामाजिक संजाल फेसबुक एकाउण्ड ह्याक गरी ३० हजार रकम मेरो नाउँमा पठाउ नत्र तिम्रो अश्लिल तस्बिरहरू नेट मार्फत राखी दिन्छु भनी विभिन्न डरत्रास देखाई उक्त रकम ठगी गर्ने एक महिलासहित दुई जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सप्तरीको सितापुर गाउँपालिका वडा नं.३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं.४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका छन् ।

उनीहरुलाई बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२ बस्ने एक जना महिलाले आफ्नो फेसबुक एकाउन्ट ह्याक गरी रकम असुलेको भनी दिएको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरुलाई मंसिर १४ गते जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं.६ ईटहरी बजार अन्तर्गत रहेको आइएमइबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा उक्त रकमसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई लाभ मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*