राजसंस्था पुनः स्थापनाको माग गर्दै हेटौंडामा प्रर्दशन

तु खबर संवाददाता
२०७७ मंसिर १४, आईतवार १७:०७

मकवानपुर । नेशनल डेमोक्रेशी अलाईन्स (एनडिए) को आयोजनामा बागमती प्रदेशको स्थायी राजधानी हेटौंडामा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रर्दशन गरिएको छ ।

आइतबार राष्ट्रिय झण्डा लगाएर ‘राजा आऊ देश बचाऊ’ भन्दै हेटौंडाको हुप्रचोरबाट सितलमहलचोक, बैंकरोड, सिमाचोक, हेटौंडा बसपार्क, राप्तीरोड, बुद्धचोक, चौकीटोल, मानसचोक, कान्तिलोकपथ हुदैँ हेटौंडाको विभिन्न स्थानमा र्‍याली निकालिएको हो।

मोटरसाईकल तथा साना सवारी ¥यालीमा मकवानपुरसहित बारा, पर्सा, रौतहट, चितवनका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निकट युवाहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*