सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घट्यो

तु खबर संवाददाता
२०७७ मंसिर १४, आईतवार १५:००
file-photo

नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७०० मा कारोवार भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको थियो ।

यस्तै चाँदी आज प्रतितोला रु एक हजार १५० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो । शुक्रबारका तुलनामा आज चाँदी प्रतितोला रु १५ ले घटेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*