नेपाल कम्युनिष्ट पार्टीले आज पुर्नगठन दिवश मनाउँदै

तु खबर संवाददाता
२०७७ मंसिर ८, सोमबार ०९:०८

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टीले आफ्नो सातौँ पार्टी पुर्नगठन दिवश भब्य रुपमा मनाउन लागेको जानकारी दिएको छ । सो पार्टीले आफ्नो पार्टीको पुर्नगठन दिवश भब्य हुने तु खबरलाई जानकारी दिएको हो ।

पार्टी पुर्नगठनको अवसरमा नेपाल कम्युनिष्ट पार्टीले सबैमा शुभकामना समेत दिएको छ । यस अवसरमा मकवानपुरका विभिन्न ठाउँहरुमा भित्तेलेखन, पर्चापम्प्लेटिङ, कोणसभा लगायतका कार्यक्रम गरिने सो पार्टीको भनाई छ ।

पार्टी पुर्नगठनका क्रममा सहयोग पुर्याउने समाजका सबै तह र तप्काका महानुभावहरुमा हार्मी हार्दिक शुभकामना व्यक्त गर्दछौँ,– नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*