विदेशमा कोरोना संक्रमणबाट २९३ नेपालीको मृत्यु

तु खबर संवाददाता
२०७७ मंसिर ७, आईतवार १४:५४
file photo

काठमाडौं । विश्वका विभिन्न मुलुकमा कोरोनाभाइरसबाट संक्रमित नेपालीमध्ये २९३ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोना संक्रमण सुरु भएयता विदेशका १९ देशमा रहेका २ सय ९३ जना नेपालीको मृत्यु भएको हो ।

कोरोना भाइरसका कारणले हालसम्म सबै भन्दा बढी साउदी अबरमा ८४ जना, युकेमा ६९ जना र भारतमा ४० जना नेपालीको मृत्यु भएको छ ।

भारतमा मृत्यु भएका ४० जनामध्ये १० जना महिला रहेका छन् ।

विश्वभर हालसम्म संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन् ।

समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

हालसम्म नेपालमा मात्र २ लाख १८ हजार ६ सय ३९ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन् भने ती मध्ये १ लाख ९३ हजार ३ सय २५ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८८ दशमलव ४ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ३ सय ५ जनाको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*