महाधिवेशनको संघारमा पार्टीका शीर्ष नेताहरु एकजुट हुनुपर्छ– भौतिक पूर्वाधारमन्त्री फुँयाल

तु खबर संवाददाता
२०७७ कार्तिक १५, शनिबार ०९:३२
file-photo

मकवानपुर । नेकपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले नेकपाका शीर्ष नेताहरुले आगामी महाधिवेशनको संघारकोबिचमा आपसी मनमुटाव, प्रतिष्पर्धाको होडबाजीलाई त्यागेर मुलुकको संविधानको सम्बद्र्धन गर्न र जनतालाई केन्द्रबिन्दु बनाउन एकजुट हुनुपर्ने आह्वान गरेका छन् ।

संचारकर्मीहरुसंग सक्षिप्त कुराकानी गर्दै पार्टीको एकिकृत प्रक्रियालाई दरिलो बनाउन र भविष्यमा महाधिवेशनबाट युवा जमातलाई पनि पार्टीप्रतिको नेतृत्वमा क्षमतावान बनाई जिम्मेवारी दिन हाल पार्टीको शीर्ष नेतृत्वमा रहेका ७० बर्ष नाघेका नेतृत्वले राजनीतिबाट अब विश्राम लिनुपर्ने उनले सुझाव दिए ।

उनले एकिकृत पार्टीको अब वडा तहदेखि केन्द्रीय तहको नेतृत्वसम्मको कार्यकारी पदहरुमा २ पटकभन्दा बढी नेतृत्व लिन उपयुक्त नहुने र युवा नेतृत्वलाई कुशलतापूर्वक पार्टीको आदर्श सिदान्तलाई प्रशिक्षित तुल्याउँदै जनताप्रति जिम्मेवार बनाउन पार्टीको महाधिवेशनले सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।

मन्त्री फुँयालले पार्टीको शीर्ष नेतृत्वले अब उमेरको हदबाट निबृत भएपछि पार्टीकै सल्लाहकार कमिटीकोे संरक्षकको भूमिका निर्वाह गरी पार्टीको गतिविधिलाई कुशलतापूर्वक जनताकोबिचमा पुर्याउनुपर्ने उल्लेख गरे ।

मन्त्री फुँयालले मुलुकलाई स्पष्ट दीशा निर्देश गर्दै जनतालाई शान्ति सुरक्षा प्रदान गर्न, मानव अधिकारको सम्बद्र्धन गर्ने कार्यमा संघीय सरकार र प्रदेश सरकारको भूमिका सहकार्यको साथै गतिशिल हुनुपर्ने सुझाव प्रस्तुत गरे ।

मन्त्री फुँयालले पार्टीको नेतृत्वले अब नेता र कार्यकर्ताहरुको क्षमता, दक्षता, योग्यताको साथै जनताप्रति रचनात्मक नेतृत्व प्रदान गर्ने एक विशेष आधार हुनुपर्ने र महाधिवेशनले त्यस्ता व्यक्तित्वहरुलाई निर्वाचित गरोस् भनी आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*