बेलायतमा कोरोनाका कारण एकैदिन ३६७ को मृत्यु

एजेन्सी
२०७७ कार्तिक १२, बुधबार १२:०९
filr-photo

लन्डन । बेलायतमा कोरोनाको संक्रमण दिनहुँजसो बढ्दै गएको छ । संक्रमण बढेसँगै मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्या पनि सोही अनुपातमा वृद्धि हुँदैछ ।

मंगलबार सार्वजनिक तथ्यांक अनुसार २४ घन्टामा बेलायतमा कोरोना संक्रमंबाट मृत्यु हुनेको संख्या तीन सय ६७ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यो संख्या विगत पाँच महिना अर्थात मे पछिकै सबैभन्दा धेरै हो ।

योसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४५ हजार ३६५ पुगेको छ ।

तर कोरोना संक्रमणबाट मृत्यु हुनेमा दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या झन्डै ५१ हजार रहेको छ ।

यसैगरी २४ घन्टाभित्र थप २२ हजार ८८५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य विभागले उल्लेख गरेको छ । दुई लाख ६१ हजार भन्दा बढी परीक्षण गरिएकोमा झन्डै २३ हजार संक्रमित फेला परेका हुन् । बेलायतमा कुल संक्रमितको संख्या १० लाखको हाराहारीमा पुगेको छ ।

पछिल्लो २४ घन्टामा एक हजार १५२ जना संक्रमितहरु अस्पताल भर्ना भएका छन् । हाल ८५२ जना कोरोना संक्रमितलाई भेन्टिलेटर बेडमा उपचारार्थ राखिएको छ । अहिले बेलायतका हस्पिटलमा ९ हजार १९९ जना कोरोना संक्रमितको उपचार भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*