जसपा मकपानपुरको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

तु खबर संवाददाता
२०७७ कार्तिक ४,मंगलवार ०९:५०

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) मकवानपुरको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम जसपा–१५ नम्बर वडा कमिटीको अध्यक्ष हरिबहादुर रुम्बाको सभाध्यक्षता तथा जसपा केन्द्रिय परिषद्का सदस्य युवा नेता शुभरत्न गोलेको प्रमुख आतिथ्यतामा भएको हो ।

सो क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का क्षेत्रीय सदस्य मानबहादुर थोकर, सागर श्रेष्ठ, प्रतिक गोले, किरण महत्व राजीव डिम्डुङलगायतले पार्टी प्रवेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गोलेले नव प्रवेशीहरुलाई स्वागत गर्दै पहिचान, सह–अस्तित्व, समुन्नत समाजवादको लागि सबै उत्पीडित समुदायहरु एकता बद्ध भएर अगाडी बड्नुको विकल्प नरहेको बताए ।

त्यस्तै, नवप्रवेशी मानबहादुर थोकरले ढिलै भएपनी समानता, सह–अस्तित्वको लागि जसपामा प्रवेश गरी एकबद्ध भएर लड्न प्रेरणा मिलेकोमा आफुलाई एकदम खुशी लागेको बताए ।

यसैगरी, नवप्रवेशी सागर श्रेष्ठले पार्टी नीति र सिद्धान्तअनुरुप अगाडी बडे पक्कैपनी लक्ष्य प्राप्त गर्न सकिने र त्यसका लागि आफू पनि सत्यको बाटोमा हिड्न जसपामा प्रवेश गरेको बताए ।

जसपा नेता सुबोध घलानले सहजीकरण गरेको उक्त कार्यक्रममा जसपा नेताहरु क्रमशः कुसुम नयाँ बानियाँ, नवराज मोक्तान, सुबोध घलान, देवराज स्याङ्तान, रामबहादुर थिङ –दिलजल), राजेन्द्र वाइबा, राजन गोले, समाजवादी महिला फोरमको अध्यक्ष दिपा लामा, जसपा १५ नम्बर वडा उपाध्यक्ष राजु पाख्रीन लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*